नेप्से ७.३५ अंक बढ्याे, ५ कम्पनीको शेयरमूल्यमा सर्किट

निरन्तर तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार बढेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन ०.४९ प्रतिशत बढेको हो।

यस दिन नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८३ अंक बढेर २९९.४७ विन्दुमा पुगेको छ। यस दिन १९० कम्पनीको २३ हजार २९७ पटकको कारोबारमा १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ४१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

५ कम्पनीको शेयरमूल्यमा सर्किट

मंगलबार ५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने १ कम्पनीको नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, उन्नती सहकार्य लघुवित्त, एनआरएन लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

१० उपसमूहको परिसूचक बढ्यो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशत बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.७४ प्रतिशत, जलविद्युतको १.९७ प्रतिशत र अन्यको १.२७ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग र होटल उपसमूहको परिसूचक क्रमशः ०.२४ प्रतिशत र ०.३३ प्रतिशत घटेको छ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

कारोबार रकम, कारोबार संख्या र शेयर संख्याका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ हजार ३७३ पटकको कारोबारमा २७ करोड ५५ लाख ३९ हजार रुपैयाँ बराबरको३ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया