अपर सोलु हाइड्रोले आईपीओ निष्कासन गर्ने


काठमाडौं–अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।


कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका माग गर्दै कम्पनीले गत चैतमा आवेदन दिएको थियो । अनुमतिको प्रक्रियामा रहेको छ । अनुमति पाउँदासाथ आईपीओ निष्कासन गर्ने योजना  । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । 


 

प्रतिक्रिया