एक हजार ३५९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४४ हजार २३६

नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

आज देशभरका १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ९४२ जना र होम आइसोलेसनमा ७ हजार ४६२ रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १९ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना गरी २६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा ९० जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सोमबार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।

मंगलबार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी यस अवधिमा ७६८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी ११ जनाको मृत्यु भएको छ ।

बुधबार एक हजार १२० जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी एक हजार ११२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर १२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

बिहीबार १३ हजार ४१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस अवधिमा ९१७ जनामा देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया