थप १३ सय ५९ जनामा काेराेना भाइरस संक्रमण

काठमाडौं । नेपालमा शुक्रबार थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ सय ५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ४४ हजार २३६ पुगेको छ । संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार मात्र कोरोना जितेर १३ सय ५४ जना घर फर्किएका छन् ।

प्रतिक्रिया