तीजको आसपासमा सस्तियो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंं - बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएको हो ।

मंगलबार ९४ हजार ८०० रुपैयाँ कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको चौंथो कारोबार दिनका लागि तेजावी सुनको मूल्य भने ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया