रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास

युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । अहिले त्यहा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ ।

युाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।

प्रतिक्रिया