तीजमा चुप बसेका तेजशको विष्णु माझी सँग दमदार दशै विषेश गीत

लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी तीजको समयमा गुमनाम जस्तै रहे । यस अगाडिका तीजमा एक दर्जन हाराहारीमा गीत निकाल्ने रेग्मीलाई दर्शक स्रोताले धेरै मिस गरे ।

हुन त अहिले समय पनि त्यस्तै छ । कोभिडको महामारीले गर्दा सबै लकडाउनमा छन । लकडाउनको समयमा आफ्नो जन्म घर पुगेका रेग्मी दशैं लागे सँगै दमदार गीतको साथमा स्रोता दर्शक माझ आएका छन ।

विष्णु माझी र तेजश रेग्मीको आवाज रहेको सो गीतलाई सतिश अधिकारीले शब्द सिर्जना गरेका छन भने रेग्मी आफैले लय सिर्जना गरेका छन । गीतले विदेशमा रहेका घर आउन नपाउने र घरमा बाटो हेरेर बस्ने आफन्तको कथालाई उठाएको छ ।

सारिका केसी र समुन्द्र पौडेलको अभिनय रहेको सो गीतको म्युजिक भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका छन । गीतको संगीत संयोजन विनोद बाजुरालीको रहेको छ भने गीतलाई एस थ्रि के इन्टरटेन्डमेन्डले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया