• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

एक हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४० हजार ५२९

नोभेल कोरोना भाइरसका संक्रमित एक हजार ६९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजा ११२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० रहेका छन् । आजसम्म देशभर ७ हजार ३९० जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १४ जना, प्रदेश ५ मा ३ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ७५ जना छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । सोलुखुम्बु मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सोमबार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया