• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

८९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६०

नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ३०३ महिला र ५९६ पुरुष रहेका छन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजा ८२२ रहेको छ ।

पछिल्लो त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया