प्रसाद र समिक्षाको पानी छल्काले सबैको मन भिजायो – भिडियो सहित

केहि समयको अन्तराल पछि दर्शक स्रोता माझ आएका लोकप्रिय सर्जक तथा गायक प्रसाद लामिछानेको नयाँ गीत पानी छल्काले दिन प्रतिदिन चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

गीतलाई सामाजिक सञ्जाल टिकटकमा सबैले अत्यधिक मन पराएका छन भने पचास हजार भन्दा धेरैले यो गीतको टिकटक समेत बनाइसकेका छन । गीतले माया प्रेममा विछोडिएका जोडिहरुको कथालाई विषयबस्तु बनाएको छ । गीतको म्युजिक भिडियो,शब्द तथा लय लगायत सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतलाई प्रसाद आफैले गायका छन भने उनलाई आवाजमा अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी छन । गीतको शब्द सिर्जना सुरेन्द्र लामिछानेले गरेका छन भने लय सिर्जना प्रसाद आफैको रहेको छ ।

कुमार केसीको उत्कृष्ट निर्देशन रहेको सो गीतमा सुरेन्द्र लामिछाने,नम्रता सापकोटा र प्रल्हाद सुवेदीको अभिनय रहेको छ ।

प्रतिक्रिया