तेस्राे नेपाल आइडल बनिन् सज्जा चाैलागाईँ

काठमाडाैं । सज्जा चाैलागाईँ तेस्राे नेपाल आइडल बनेकी छिन् । गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा सज्जा चाैलागाईँ विजेता घाेषणा भएकी हुन् । प्रतिस्पर्धाको उत्कृष्ट तीनमा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।

देर्शकककाे भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन् ।

एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने गरेकाे रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

उत्कृष्ट तीनमा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता भएका हुन् । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै, फस्ट रनरअपले १० लाख र सेकेण्ड रनरअपले ५ लाख नगद प्राप्त गरेका छन् ।

काेराेना संक्रमणका कारण नेपाल आइडल सिजन ३ काे ग्राण्ड फिनाले सामान्य हिसाबमा भएकाे हाे । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यू वज्राचार्य र कालीप्रसाद बास्कोटा रहेका छन् ।

यसअघिका सिजनमा बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

प्रतिक्रिया