• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

जापानी प्रधानमन्त्रीले ‘ड्यूटी’ पूरा गर्न नसकेकोमा माफी माग्‍दै राजीनामा दिए

जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा घोषणा गरेका छन् ।

जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना भएका थिए ।

‘मेरो कार्यकालको एक वर्ष अवधि हुँदा हुँदै पनि मैले राजीनामा दिने निर्णय गरेको छु,’ आबेले शुक्रबार पत्रकार सम्मेलनको क्रममा भनेका छन् । यस्तै उनले जिम्मेवारी पूरा गर्न नसकेकोमा जापानी जनतासँग माफी माग्न चाहेको समेत बताएका छन् ।

आबे पछिल्लो समय ‘कोलाइटिस’को स्वास्थ्य समस्यासँग जुध्दैआएका छन् । २००७ मा पनि आबेले यसै गरी स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका थिए । तर २०१२ मा फेरि निर्वाचिन भएका हुन् । कोरोना महामारीसँग जुध्नुपर्ने कठिन समयमा अचानक आबेले दिएको राजीनामालाई चासोका साथ हेरिएको छ । यद्यपि उनी सफल प्रधानमन्त्रीको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया