काठमाडौं । नोभेल कोरोना भाइरसका ८५५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८५५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३१३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५७ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५८१ जना र होम आइसोलेसनमा ५ हजार ६६९ रहेका छन् । आजसम्म देशभर १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३८ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।
सोमबार गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने १७५ जना डिस्चार्ज भएका छन् । सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।