निषेधाज्ञाले छेकेन शेयर बजारलाई, १ अर्बमाथिको कारोबार

साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे २४ लाख ९८ हजार ६ सय ६२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

प्रतिक्रिया