बागलुङ्गे सर्जक शिव र सूर्यको सिर्जना “लाइदिम की मोहनी” सार्वजनिक

पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै जमेको जोडी को रुपमा सबैले लिने नाम हो शिव अखेली र सुर्य खड्का । दुबैजना बैदेशिक रोजगारको सिलसिलामा विदेशीभूमीमा छन् तर उनीहरुले सिर्जना गरेका गीतहरू भने धमाधम सार्वजनिक भइरहेका छन् ।

यसै क्रममा उनीहरूले सिर्जना गरेको निकै उत्कृष्ट गीत लाईदिउकी मोहनी भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई धेरै दर्शकले केही घण्टामै उत्कृष्ट प्रतिक्रियासहित शुभ संकेत दिएका छन् ।

गीतमा शिवले शब्द कोरेका छन् भने सूर्यले लय सिर्जना गरेका छन् । गीतमा ईश्वर थापा र देवी घर्तिले आवाज दिएका छन् ।

गीतको म्युजिक भिडियो समेत अत्यन्तै दमदार बनाइएको छ ।गीतमा चलचित्रका नायक पल शाहले अभिनय गरेका छन् उनलाई अभिनयमा रियासा दाहालले साथी थिएकी छन् । गीतको म्युजिक भिडियो निर्देशन भने काजिस श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया