• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु

कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको छ । संक्रमितको संख्या वृद्धि हुनुका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु भइरहेको जानकारीमा उल्लेख छ ।

रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोभिड–१९ का कारण ५ हजार ९ सय व्यक्तिको ज्यान गएको छ । शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाको आधारमा यो नतिजा निकालिएको हो । यो हिसाबले हेर्ने हो भने एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

डब्ल्यूएचओले अर्को वर्षको सुरुवातमा मात्रै भ्याक्सिन उपलब्ध हुने सम्भावना व्यक्त गरिरहँदा यो आँकडाले धेरैलाई त्रसित बनाउने निश्चित छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया