दिपक कँडेलकी सानी छोरीले आवाज दिएको उत्कृष्ट गीत “बानी चकचके”सार्वजनिक

गीत संगीतमा लागेको छोटो समयमै सबै माझ लोकप्रिय बनेको नाम हो दीपक कँडेल । कामको चापमा पनि दीपकले निरन्तर गीत संगीतमा आफ्नो कलम चलाई रहेका छन् ।

‌यसै बीच उनकी सात बर्षे छोरीले आवाज दिएको उत्कृष्ट गीत बानी चकचके भर्खर मात्र सार्वजनिक भएको छ ।

यसअगाडि पनि केही गीतमा आवाज दिइसकेकी सात वर्षे छोरी दिपिका कडेलले यसपालीको गीतमा निकै खारिएको आवाजमा उत्कृष्ट गाएकी छन् गीतको सम्पूर्ण पक्ष अडियो-भिडियो दमदार रहेको छ ।

दिपक कडेलको शब्द सिर्जना तथा गणेश अधिकारीको लय सिर्जना रहेको सो गीतलाई दिपिका म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ । गीतमा दिपिका कँडेल र स्वर्गीय गायक दीपक परियारले आवाज दिएका छन् । गीतमा सानी नानीको गीत गाउने कला र चकचके बानीलाई विषय बनाइएको छ ।

गीतलाई निर्देशक मौसम हिमालीलेे निर्देशन गरेका छन् भने चलचित्रमा निकै चर्चित कलाकार जयकिसन बस्नेत, एलिना रायमाझी र बालकलाकार एभेलिन ले अभिनय गरेका छन् ।

गीत सार्वजनिक भएपछि हामी सँग कुरा गर्दै सर्जक दिपक कँडेलले विगतका आफ्ना सृजना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आशावादी रहेको जानकारी दिनुभयो । छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा निकै ठूलो उचाई प्राप्त गर्न सफल उनको यो गीतलाई पनि हाम्रो तर्फ देखि सफलताको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया