पाटन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । पाटनमा उपचार गराइरहेका दोलखाका ३० वर्षीय महिलाको उपचारकै क्रममा आज मृत्यु भएको छ । उनको भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो । त्यस्तै सर्लाही मलंगवा निवासी ४६ वर्षका पुरुषको पनि आजै बिहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

प्रतिक्रिया