निषेधाज्ञामा अब प्रहरीले बैंकका कर्मचारी नराेक्ने

काठमाडाैं । निषेधाज्ञाकाे बेलामा कार्यालयकाे परिचय पत्रका आधारमा बैंकका कर्मचारीहरु आवत जावत गर्न पाउने भएका छन् ।

बिहीबार बिहान उपत्यकामा बैंकका कर्मचारीहरु पनि प्रहरीले राेकेपछि बिहीबार उपत्यकाका बैंककाे सेवा बन्द भएकाे थियाे । अब भने प्रहरीले बैंकका कर्मचारी नराेक्ने बताएकाे छ ।

यसअघि काठमाडाैं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक सेवा र बैंक कर्मचारीले कार्यालयकाे परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया