बाटैमा कर्मचारी रोकिएपछि उपत्यकाका बैंक खुलेनन्

सुरक्षाकर्मीले बाटैमा कर्मचारी रोकेपछि काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ ।

‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘यही कारण शाखा खोल्न सकिएन ।’

कर्मचारीहरू कसरी कार्यालय पुग्ने भन्नेबारे स्पष्ट व्यवस्था नहुँदासम्म बैंक सञ्चालन गर्न नसकिने उनले बताए ।
प्रहरीले बैंकका कर्मचारी सडकमै रोकेका सम्बन्धमा स्थानीय प्रशासनसँग छलफल भइसकेको राष्ट्र बैंकले जनाएको छ । ‘गृह मन्त्रालयबाट उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयलाई पुनः निर्देशन गइसकेको छ,’ राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले भने, ‘भोलिदेखि कर्मचारीहरूलाई कुनै रोकतोक हुँदैन ।’

प्रतिक्रिया