प्रकाश र पुजा विचको कुरा मिल्यो

केहि समय पहिला देखि बल्झिदै आएको पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच विवाद टुंगिएको छ । सम्बन्धीत संघ संस्थाका प्रतिनिधीहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो ।

दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ ।

साथै, अब प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दुबै पक्षलाई राखेर सहमती गरिएको बताए । उनले, अब आगामी दिनमा कार्यक्रममा नेपाली चलचित्र र कलाकारलाई होच्याउने खालका शब्द प्रयोग हुने छैनन् भन्नेमा आफूहरु आशावादी रहेको पनि सुनाए ।

प्रतिक्रिया