युवा निर्देशक सिर्जन बरालले निर्देशन गरेको गीत “हेर यो मुटुमा” चर्चामा

भिडियो शेयर गर्ने माध्यम टिकटकमा एउटा गीतमा धेरैले नक्कल गरेका छन त्यो गीत हो “हेर यो मुटुमा चिरा पर्या छ।” गीतमा एक लाख भन्दा धेरैले भिडियो बनाएका छन भने यो गीत अहिले सबै माझ निकै लोकप्रिय र चर्चित छ ।

युवा निर्देश सिर्जन बरालले कुशल निर्देशन कला प्रस्तुत गरेको सो गीतको म्युजिक भिडियोले समेत धेरैको ध्यान तानिरहेको छ । करिव एक दशक लामो समय देखि यो क्षेत्रमा आफ्नो कुशलता प्रस्तुत गर्दै आएका बरालले यस अगाडी पनि आफ्नो काममा नयाँ प्रयोग गर्ने गरेका छन भने यो भिडियोमा समेत उनको टिमले निकै मेहनतका साथ काम गरेको छ । गीतकाे सम्पुणा पक्ष निकै दमदार छ ।

बादल शर्माको शब्द,संगीत र आवाज रहेको सो गीतमा चिरञ्जीवि सापकोटा,रोशनी कार्की,प्रेम पुरी र राज थापा क्षेत्रीको अभियन रहेको छ । सो गीत अहिले युउटुवको उत्कृष्टको सूचिमा छ भने करिव दश लाख दर्शक नजिक पनि पुगेको छ ।

प्रतिक्रिया