सुनकाे मूल्य फेरि घट्याे

भदौ ४ गते,बिहीबार सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य स्थिर रही सुन प्रतितोला एक लाख ४०० रुपैयाँ कायम रहेको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि यस दिन सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रति अउन्स एक हजार ९४७ बराबर डलरमा सुन किनबेच भइरहेकाे छ । बुधबार भने सुनको मूल्य प्रति अउन्स एक हजार ९९२ रुपैयाँमा खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायीका अनुसार हाल सुनको मूल्यमा अनिश्चितता देखिएको छ । सुनको मूल्यका विषयमा पुर्वानुमान गर्न नसकिने पनि व्यवसायी बताउँछन् ।

यसैगरी चाँदीको मूल्य पनि यस दिन तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया