• गृहपृष्ठ /
  • Breaking News ,
  • प्रदेश / स्थानीय ,
  • मुख्य खबर ,
  • समाचार

गोली हानेर पुजारीको हत्या

रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।

माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रतिक्रिया