लिवर्टी इनर्जीको आइपीओमा पहिलो दिनमा यसरी पर्यो आवेदन

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको आइपीओमा पहिलो दिनमा १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा २६ हजार १९० जनाले १० लाख २ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । यस कम्पनीले बुधबार (भदौ ३ गते) बाट सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिसेयर १ सय अंकित मूल्यमा सर्वसाधारणले सेयर पाउनेछन् ।

स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो । यस आइपीओमा लगानीकर्ताले छिटोमा भदौ ७ गते सम्म आवेदन दिन पाउनेछन् । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

प्रतिक्रिया