सामाजिक सञ्जालमा व्यापक विराेध भएपछि संघीय संसदकाे सचिवालयले लाेगाेमा साजसज्जाकाे समस्या भएकाे भनी फिर्ता गरेकाे छ ।
संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएका थिए ।
तर नयाँ लोगो भद्दा र नेपालको नक्सा नै गलत छापिएपछि सांसदहरूले नै आपत्ति जनाएका थिए । उक्त लोगो वागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो ।