अति भयो अति भित्र सिँगो देश उतारे शिवले, लामो समय पछिको आगमनले दर्शक खुसी

देशमा भइरहेको विकृति र विसंगतीलाई दश मिनेटको गीतमा त्यो पनि कलात्मक रुपमा एउटा मालासरी मिलाएर बुन्नु निकै कठिन काम हो । तर सर्जक शिव सुवेदीले त्यो कुरा सम्भव बनाएका छन ।

आफ्नो उच्च शिक्षाको लागी केहि समय सांगीतक यात्रालाई विश्राम दिएका शिवले भर्खर मात्र अति भयो अति बोलको निकै उत्कृष्ट गीत दर्शकमाझ लिएर आएका छन ।

देशमा भएको बेतिथिको यो भन्दा उत्कृष्ट झटारो अरु केहि हुन सक्दैन । गीतमा करिव एक दर्शक कलाकाहरुले आवाज दिएका छन । देशप्रेमी सो गीत हेर्न सबै दर्शकले उत्कृष्ट गीत भएको प्रतिक्रिया दिएका छन ।

कुलेन्द्र विश्वकर्मा,खेम सेञ्चुरी,सम्झना भण्डारी,सुनीता क्षेत्री,सुर्य खड्का,मञ्जु पौडेल,विक्रम परियार,कमला पोखरेल,नरेश खाती र टिका सानुले गीतमा आवाज दिएका छन । गीतको म्युजिक भिडियो निर्देशन विनोद भण्डारीले गरेका छन ।

गीतको शब्द तथा लय सिर्जना शिव सुवेदीको रहेको छ भने संगीत संयोजक अर्जुन पोखरेलले गरेका छन । गीत हेर्न थाले पछि अन्तिम सम्म सबैलाई बाँधेर राख्छ र गीतको प्रत्यक शब्द आम नेपालीको बास्तविकता जस्तो लाग्छ । शिव सुवेदीले यो भन्दा पहिला दर्जनौं उत्कृष्ट सिर्जना दर्शक स्रोताको लागी सार्वजनिक गरिसकेका छन ।

आउनुहोस सो गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया