• गृहपृष्ठ /
  • Breaking News ,
  • प्रदेश / स्थानीय ,
  • मुख्य खबर ,
  • समाचार

अछाममा बाढीले बस्ती बगायाे, २३ जना बेपत्ता

अछामको रामारोशन गाउँपालिका स्थित कैलाश खाेलामा आएकाे बाढीले घट्टेबजार बगाउँदा २३ जना बेपत्ता भएका छन् ।

मंगलबार राति आएकाे बाढीले बजार बगाउँदा २३ जना बेपत्ता भएकाे जानकारी प्राप्त भएकाे रामाराेशन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर साउदले जानकारी दिनुभयाे ।

घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकाले पूर्ण क्षतिको विवरण आउन नसकेको उहाँकाे भनाइ छ ।

बाढीले गाउँपालिकाकाे वडा नम्बर ३ र वडा नम्बर ६ जाेड्ने पक्की पुलमा पनि क्षति पुगेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया