राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए ।
उनका अनुसार राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो ।
घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुन् ।
नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे अन्य गीत पनि लोकप्रिय छन् । ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी), ‘आजै र राति के देखेँ सपना’ (नारायणगोपाल)ले गाएका गीतका रचनाकार घिमिरे नै हुन् ।
‘एक सय एक’ माधव घिमिरे
‘मौकामा चनाखो हुनुस्, नचाहिने बहादुरी नदेखाउनुस्’