नयाँ लोगो प्रति सांसदहरुने असन्तुष्ट

पालको नयाँ नक्साअंकित अद्यावधिक संसदको लोगोका विषयलाई लिएर सांसदहरूले असन्तुष्टि जनाएका छन् । लोगोमा नेपालको नक्साको आकार नमिलेको, लोगो भद्दा भएको भन्दै यस्तो लोगो बसरी लगाएर हिँड्नेमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिपक्षी दलका सांसद मात्र होइन सत्तारूढ दल नेकपाकै सांसदले पनि लोगोमा चित्त बुझाएका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले लोगो लगाएर हिँड्न सकिने खालको नभएको बताए ।

‘‘संसद्‌को उपहास भएको छ । लगाएर हिँड्न सक्ने अवस्था छैन । नेपालको नयाँ नक्सा समावेश गर्ने प्रयोजनका लागि नयाँ लोगो बनाइएको छ । त्यसैलाई ध्वस्त बनाइएको छ,’’ उनले भने त्यसकारण यसको छानबिन हुनुपर्छ । लोगो परिवर्तन हुनुपर्छ ।’’ उनले लोगो बनाउँदा लापरबाही भएको भन्दै लोगोमा सुन(चाँदी प्रयोग गरिएकामा पनि असन्तुष्टि जनाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संसदको लोगो लगाउन लायकको नभएको बताइन् । उनले
नयाँ लोगो आफूले नलिएको भन्दै लोगो लिन पनि मन नभएको बताइन् । ‘‘यो लोगो लगाएर हिँड्न मन छैन । लगाएर हिँड्न लायक छैन । फिनिसिङ एकदमै भद्दा छ,’’ उनले भनिन्, ‘‘नेपालको नक्सा पनि चिनिँदैन । जे कुरा पनि लापरबाही गर्नु भएन नि १’’ सांसद संग्रौलाले सच्याएर अर्को राम्रो लोगो बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया