• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुनर्विचार हुने

काठमाडौं । विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने भएको छ । विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने भएको हो ।

सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको जानकारी दिए । यसअघि सरकारले विद्युतीय गाडीमा ९० प्रतिशत सम्म सहुलियत दिइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले कर वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया