थप तीन जनाको मृत्यु, ५८१ सङ्क्रमित फेला परे

काठमाडाैं । सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया