राष्ट्रिय सहकारी बैंकको नाफा ६८ करोड १८ लाख

राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको उक्त नाफा अघिल्लाे आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ ।

गत आवमा कम्पनीले ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार बैंकको शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ भने जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।

७७ जिल्लाका सबैखाले सहकारी संघ र संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ–संस्था सदस्य रहेका छन् । बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया