बैंकले सरकारी कोरोना कोषमा दियो ६ करोड रुपैयाँ

नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा रकम जम्मा गरेको छ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सर्वाधिक बढि रकम जम्मा गरेको हो। नबिलले ६ करोड रुपैयाँ जम्मा गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ६ करोड रुपैयाँको चेक अर्थमन्त्री डा युवराज खतिवडालाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँकुमार चौधरीको पनि उपस्थिति थिए।

हस्तान्तरण कार्यक्रममा शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो।”

प्रतिक्रिया