नेकपा सचिवालय बैठक – कार्यदल गठनको निर्णय अनुमोदन

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदल गठनलाई सकरात्मक रुपमा लिदै अध्यक्षद्वयलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले केही समययता पार्टीमा देखिएको समस्या समाधान र संकटको निकासका लागि सुझाव पेश गर्नका लागि गठन भएको कार्यदललाई जतिसक्यो छिटो प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ ।

कार्यदलले देशमा देखिएका समस्या र पार्टीमा देखिएको समस्या समाधान हुनेगरी पार्टी र सरकारलाई सक्षम पार्नेगरी सुझाव पेश गर्ने आशाका साथ शुभकामना दिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया