दिपक र गणेशको सिर्जना बानी चकचके आउने तयारीमा

छोटो समयमै नेपाली गीत संगीतमा आफ्नो चम्कीलो परिचय बनाउन सफल सर्जक दिपक कँडेल र गणेश अधिकारीले बनाएको नयाँ गीत बानी चकचके केहि दिनमा सार्वजनिक हुने भएको छ ।

यस भन्दा पहिला मेरी छोरी नामक गीत सार्वजनिक गरि चर्चामा रहेका दिपकले फेरी अर्को सिर्जना लिएर आउने भएका छन ।

कामको शिलशिलामा जापानमा रहेका दिपकले सो गीतको शब्द सिर्जना गरेका हुन भने सर्जक गणेश अधिकारीले लय सिर्जना गरेका छन ।

अहिले गीतको म्युजिक भिडियोको अन्तिमकाम भइरहेको उहाँको भनाइ छ । गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गर्ने छ । गीत दिपककी आफ्नै छोरी दिपिका कँडेल र दिपक परियारले आवाज दिएका छन ।

प्रतिक्रिया