अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासन

काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बिहीबारदेखि हकप्रद शेयर निष्काशन भएको छ। 

१:१ अनुपातमा कम्पनीको शेयर निष्कासन भएको हो ।जस् अनुसार कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। 

प्रतिक्रिया