हिमालयन बैंकको बम्पर लाभांस घोषणा

काठमाण्डौ - हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ  । 

बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

प्रतिक्रिया