नेपालमा काेराेना : कुन प्रदेशमा कतिकाे मृत्यु ?

नेपालमा कोरोना संक्रमण (काेभिड १९) बाट मृत्यु हुनेकाे संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा सबैभन्दा बढी ४४ कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा ९ जना, वागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काेराेना संक्रमणका कारण ज्यान गुमाउनेमा ८० पुरुष र २२ महिला रहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया