सिन्धुपाल्चाेक पहिराे अपडेट : १८ जनाकाे शव फेला

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप २ जनाको शव भेटिएको छ।

हिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । शनिबार दिउँसो ५ र साँझ थप २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे हाे ।

प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । पहिराेमा पुरिएर ३८ जना बेपत्ता भएकाे गाउँपालिकाले जनाए पनि गाउँपालिकाले बनाएकाे बेपत्ताकाे सूचीमा नरहेका कबिर दाेङकाे शनिबार शव फेला परेपछि ३९ जना बेपत्ता भएकाे बताइएकाे छ ।

पहिरोमा बेपत्ता अन्यकाे खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया