• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • धर्म दर्शन ,
  • पर्यटन ,
  • प्रदेश / स्थानीय ,
  • फिचर ,
  • फोटो फिचर ,
  • मुख्य खबर ,
  • स्वास्थ्य

चिटिक्क बनेको महालक्ष्मीस्थान मन्दिर भक्तजनको प्रतिक्षामा,५ वर्षमा मुहार फेर्यो मन्दिरले

लतिलपुर महानगरपालिका वडा ५ मा रहेको महालक्ष्मी स्थानको मन्दिर केही वर्ष पहिले हरीविजोक अवस्थामा थियो । भौतिक संरचना मात्र हैन सरसफाई पनि खासै थिएन । तर अहिले अवस्था विगतको जस्तो छैन । मन्दिरले नयाँ चोला पाएको छ र आफ्नो मुहार फेरेको छ ।

अहिलेको मन्दिर व्यवस्थापन समितिले यहाँको संरचना विकासमा उल्लेखनीय सुधार गरेको छ । मन्दिर परिशरमा रहेको बर पिपलको चौतारी चिटिक्क परेको छ भने मन्दिर नजिकै रहेको बगैंचामा समेत दुबो रोपिएको छ । बर्खा मौसम संगै दुबो हरियो भएको दृश्य निकै रमणीय छ ।

मन्दिरको आडैमा रहेको विश्राम स्थल यही लक डाउन खुले संगै दुबो हालिएको छ भने रुखको आडमा सजावट समेत गरिएको छ ।

अहिले कोरोना भाइरसको महामारीको कारणले मन्दिर सर्वसाधाणको लागि खोलिएको छैन तर मन्दिर भने अब सिंगारिएर भक्तजनको पर्खाइमा छ ।

निर्माण लागि ललितपुर मनपा वडा ५ र माहालक्ष्मी बिकास बैक , भक्तजन र अन्य दाताको सहयोगको सहयोग रहेको छ ।

अझै पनि मन्दिरको केही भागमा सरसफाई र निर्माण को काम बाकी छ तर पनि छोटो समयमै मन्दिरको विकासको मुहार फेरी प्रति स्थानिय पनि खुसी छन् ।

प्रतिक्रिया