थप चार जना काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ९९

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।

डा. गाैतमका अनुसार कोरोनाको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिरहाको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालमा हालसम्म काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९९ पुगेकाे छ ।

प्रतिक्रिया