• गृहपृष्ठ /
  • Breaking News ,
  • पर्यटन ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय

दर्शक स्रोताले तेजश रेग्मी खोज्दै,रेग्मी बाग्लुङ विनामारेमा

गतका बर्षमा तीजको लागी मात्र करिव एक दर्जन गीत सार्वजनिक गरेका लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीले यो बर्ष एउटा पनि गीत सार्वजनिक नगर्दा दर्शक स्रोता भने निकै अन्यौलमा परेका छन । धेरैले उनको बारेमा चासो समेत राखेका छन,आखिर रेग्मीले किन तीजका गीत सार्वजनिक गरेनन् त ?

यसो त यो बर्ष विगतमा जति संख्यात्मक रुपमा तीज गीत सार्वजनिक भएनन् । कारण हो कोरेना भाइरस । तर पनि छोटो समयमै करिव दुई सय भन्दा धेरेको हाराहारीमा गीत सार्वजनिक भए भने केहि सार्वजनिक हुनेक्रममा रहेका छन । यो बर्ष तीजमा नेत्र अर्याल र खेम सेञ्चुरीले आफ्नो दरो उपस्थिति जनाए भने पशुपति शर्माले पनि केहि गीत निकाले । याे लगायत अन्य धेरैले तीज गीत सार्वजनिक गरे ।

देशमा लकडाउन सुरु भए सँगै आफ्नो जन्म घर बाग्लुङ विनामारे पुगेका रेग्मी करिव पाँच महिना आफ्नो परिवारको साथमा त्यतै बसे र अहिले पनि गाँउमै छन । उनको ब्यापक खोजी हुन थाले पछि हामीले यस विषयमा टेलिफोन सम्पर्क गरे बुझ्ने प्रयास गरेका थियौं ।

यो बर्ष तीज गीत किन सार्वजनिक गर्नु भएन भन्ने हाम्रो जिज्ञाशामा रेग्मीले यो बर्ष आफुले तीज गीत नबनाउने सोच अघिल्लो बर्ष देखिनै आएको बताउनु भयो । साथै उहाँले समय परिस्थितिले पनि अहिले काठमाण्डौमा आएर गीत बनाउने अबस्था नरहेको उहाँको भनाइ थियो ।

यसै बर्ष आफ्नो दोस्रो सन्तानको रुपमा छोरीका पिता बनेका रेग्मीले दैनिक परिवार सँग रमालो गरेका तस्विरहरु भने सामाजिक सञ्जालबाट सार्वजनिक गरिनै रहेका छन ।

अब तीज लगत्तै आफ्नो सिर्जनाहरु आउने बताउदै रेग्मीले तीजका गीत नबनाउदा धेरै दर्शक स्रोताले किन नबनाएको भन्ने प्रश्न गरिरहेको उहाँले आर्थिक सन्देशलाई बताउनु भयो । धेरै स्रोता दर्शकले मलाई सोध्नु भएको छ,उहाँहरुको अपेक्षा अनुसार यो बर्ष गीत सार्वजनिक गर्न सकिन त्यसको लागी क्षमाप्रार्थी छु, उहाँको भनाइ थियो ।

तीजको समयमा पशुपति शर्मा र तेजश रेग्मीले धेरै गीत सार्वजनिक गर्ने गरेका थिए । अघिल्लो बर्ष रेग्मीका आधा दर्जन तीजका गीत निकै चर्चित भएका थिए भने करिव एक दर्जन हाराहारीमा गीतहरु सार्वजनिक भएका थिए । यो बर्ष भने रेग्मी एउटा पनि गीत बनाएका छैनन् र अब बनाउने सोचमा समेत नरहेको बताउछन ।

प्रतिक्रिया