एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागका सेवा बन्द गरिएको छ ।
विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको छ । विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अब संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण गरिने बताइएको छ । हाल कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।