काठमाडौं - नेपालमा सामाजिक सञ्जालमार्फत विभिन्न हल्लाहरु गरिने र सर्वसाधारणलाई आतंकित पार्ने काम भइनै रहन्छन् । यसैबीच केही दिनदेखि नेपाली ५ सय र एक हजारका नोट नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउँदै छ भन्ने हल्का भुसको आगो सरी फैलाइएको छ । यसले धेरैलाई अन्योलमा पारेको छ ।
यसो त भारतमा मोदी सरकारले यस प्रकृतिको प्रतिबन्ध आफ्नो देशमा लगाइसकेको छ र नयाँ नोट समेत चलन चल्तीमा ल्याएको छ । कालो धन नियन्त्रण गर्न प्रभावकारी मानिने यो कदम त्यति सहज भने छैन । साथै यो कदम भारतमा पूर्णरुपमा असफल समेत बनिसकेको छ ।
नेपाल सरकारले कालान्तरमा यस प्रकारको कदम चल्न त सक्छ तर त्यो कुराको सुइँको कसैले पनि पाउने छैन ।भारतमा नोट बन्दी हुँदा केबल ३ जनालाई मात्र थाहा थियो । यो हल्ला गर्ने विषम समेत हैन र त्यो कतैबाट भएको पनि छैन ।
राष्ट्र बैंकले पनि यस विषयमा कहीं कतै छलफल समेत नभएको बताउँदै त्यस्ता हल्लाहरु पूर्णरुपमा झुट रहेको बताएको छ ।