सौर्य उर्जा विद्युत उत्पादक संघद्वारा वृक्षारोपण

काठमाडौं, साउन २० – नेपाल सौर्य विद्युत् उत्पादक संघले सामुदायिक वनलाई ७० हजार रुपैयाँ सहयोग गरेको छ ।

आफ्नो स्थापनो दिवसको अवसरमा मंगलबार इन्द्रायडी सामुदायिक वनमा वृक्षारोपण गर्दै आर्थिक सहयोग गरेको हो ।
२० औ स्थापना दिवसको अवसरमा इन्द्रायडी सामुदायिक वन, टोखा काठमाडौंमा वृक्षारोपण गरेर सहयोग गरेको नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष इन्द्र खनालले बताए ।

वैकल्पिक उर्जा क्षेत्रमा काम गर्ने भएकाले पर्यावरण र वातावरण जोगाउनका लागि वृक्षारोपण गरिएको अध्यक्ष खनालले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक वनलाई ७० हजार रुपैयाँ र एक हजार लिटरको खानेपानी ट्यांकी हस्तान्तरण गरेको संघका कोषाध्यक्ष दीपक गौतमले जानकारी दिए ।

प्रतिक्रिया