२५९ जना कोरोना संक्रमित थपिए, ६५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिएको जानकारी दिए ।

देशैभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या १५ हजार २६ जना पुगेका उनले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया