तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव फेला

काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका अनुसार मंगलबार दिउँसो भिएस निकेतन स्कुल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको हो । शव भेटिएको खबर पाएपछि निरीक्षकको नेतृत्व प्रहरीको एउटा टोली त्यसतर्फ गएको र शवलाई निकालीएको बताइएको छ ।

मृतक अन्दाजी २५ देखि ३० वर्षका पुरूष रहेको र पहिचान भने भइसकेको भने छैन । खोलाबाट शव निकालेर छानबिन कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया