पुनः लकडाउन गर्न विज्ञहरुको सुझाव

सरकारलाई विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकले मुलुकमा कोरोना संक्रमण बढ्दै गएको र जोखिम बढेको निष्कर्ष निकाल्दै कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको स्रोतले बताएको छ ।

विज्ञहरुको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रुपमा लिएको स्रोतको दाबी छ ।

यसअघि बैठकमा प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र कोरोना संक्रमणको महामारीलाई नियन्त्रण गर्न नसकिने बताएका थिए । सरकारलाई जनताले नै नटेरेको उनको गुनासो थियो ।

आजको छलफलमा प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत पनि सहभागी थिए ।सभापति देउवाले लक डाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सरकारलाई सुभाव दिएका थिए । ठाकुरले भने लकडाउन थपेर मात्रै समस्याको समाधान नहुने औल्याउँदै सरकारको योजना के छ भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया