पछिल्लो २४ घण्टामा ४१८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४१८ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार (आज) संक्रमितको संख्या पाँच हजार ७३२ जना रहेका छन् ।

जसमा प्रदेश १ मा २९० जना, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३१५ जना, कर्णाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा एक हजार ५४९ जना कोरोना संक्रिय संक्रमित उपाचारत रहेका छन् ।

त्यसैगरी कोरोना निको हुनेको संख्या १४ हजार ९६१ पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया